विपत्तिमा नागरिकको आक्रोश राज्यविरुद्धको प्रहारका रूपमा नभई राज्यप्रतिको अपेक्षा र सहयोगको अन्तिम पुकार हो : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपत्तिका बेला नागरिकबाट व्यक्त हुने आक्रोशलाई राज्यविरुद्धको प्रहारका रूपमा नभई राज्यप्रतिको अपेक्षा र सहयोगको अन्तिम पुकारका रूपमा बुझ्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै लामिछानेले प्राकृतिक विपत्तिबाट सर्वस्व गुमाएका नागरिकको पीडा र आक्रोशलाई राजनीतिक दृष्टिले हेर्न नहुने बताए। विपत्तिको समयमा आरोप–प्रत्यारोपभन्दा उद्धार, राहत, पुनःस्थापना र नागरिकको भरोसा कायम गर्ने कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ…