प्रदेश नम्बर २ प्रदेशसभाबाट नियमावली मस्यौदा समिति गठन 

काठमाडौ । प्रदेश नम्बर २ प्रदेशसभाले नियमावली मस्यौदा समिति गठन गरेको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकले ११ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो । समितिमा रामअषिश यादव, संजयकुमार यादव, सरोजकुमार सिंह, रामनरेश राय, डिम्बलकुमारी झा, रमेशकुमार कुर्मी, सुन्दरबहादुर विश्वकर्मा, उपेन्द्रकुमार कुशवाहा, दिलिपकुमार साह, सावित्रीदेवी साह र शेख अवुकलाम आजद रहेका छन् ।
प्रदेश सभाको सोमबारको कार्य सुचिमा उपसभामुखको निर्वाचनको मिति तोक्ने तय भएपनि बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य लगनलाल चौधरीले त्यसलाई कार्यसूचिबाट हटाएका थिए ।
त्यसैगरी जेष्ठ सदस्य चौधरीले मर्यादा पालकलाई १५ दिन भित्र सफारी सुट र महिलाको हकमा साडी लगाउन रुलिङ गरेका थिए ।
जनयुद्धको क्रममा मारिएका शहिदहरुको तस्वीर समेत सभा कक्षमा राख्न जेष्ठ सदस्य चौधरीले पुनः रुलिङ गरेका थिए । प्रदेश नम्बर २ प्रदेशसभाको अर्को बैठक बुधबार बोलाइएको छ ।

Posted On Monday, February 12, 2018 - 10:28

लेखक परिचय

हिमालपारी मिडिया

हिमालपारी मिडिया

प्रतिक्रिया