प्रदेश नम्बर पाँचको सभामुखमा घर्तीको उम्मेदवारी

बुटवल । प्रदेश नम्बर ५ को सभामुख माओवादी केन्द्रका नेता  पूर्णबहादुर घर्ती मगरको उम्मेदवारी परेको छ । 
वाम गठवन्धनले रुकुम पूर्वबाट निर्वाचित सांसद घर्तीको उम्मेदवारी प्रदेश नम्बर ५ को प्रदेशसभा सचिवालयमा मंगलबार दर्ता गराएका हुन् । 
घर्तीको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपाने छन् भने उनको सर्मथकमा एमालेका एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेका छन् ।
सभामुख चयन गर्नका लागि बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक डाकिएको छ । बुधबार बस्ने दोस्रो बैठकको सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

Posted On Tuesday, February 13, 2018 - 07:56

लेखक परिचय

हिमालपारी मिडिया

हिमालपारी मिडिया

प्रतिक्रिया