नेपाल र बेलायतबीचको सम्बन्ध अझ बजबुत बनाइनुपर्ने

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतसँगको सम्बन्धलाई सरकाले अझै सुदृढ बनाउन चाहेको बताएका छन् ।
नेपाल भ्रमण रहेका बेलायती रक्षामन्त्री मार्क ल्यान्क्यास्टरसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री देउवाले बेलायत सरकारले नेपालको विकासमा पु¥याउँदै आएको सहयोगको पनि खुलेर प्रशंशा गरे । 
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई मुलुकबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने विषयमा केन्द्रित भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिए । त्यसक्रममा बेलायती रक्षा मन्त्री ल्यान्क्यास्टरले प्रधानमन्त्री देउवासँग नेपालमा सहयोगको क्षेत्र विस्तार गर्न बेलायत सरकार तयार रहेको बताएका थिए ।
भेटमा प्रधानमन्त्री देउवाले बेलायती रक्षामन्त्री ल्यान्क्याष्टरसँग बेलायतमा कार्यरत नेपाली सैनिकहरुको सेवा र सुविधाका विषयमा पनि चासो व्यक्त गरेका थिए । बेलायतले नेपालको पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।

Posted On Tuesday, February 13, 2018 - 08:01

लेखक परिचय

हिमालपारी मिडिया

हिमालपारी मिडिया

प्रतिक्रिया