हावाहुरीले सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ठूलो क्षति

सर्लाही । गएराती पानी संगै आएको हावाहुरीले सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ठूलो क्षति गरेको छ ।
हावाहुरीले चन्द्रनगर गाउँपालिका वडा नम्बर ७ नाढी तालसंगै रहेको बस्तीमा अधिकांश घरको छना उडाएको छ । 
त्यस्तै रुख तथा बिजुलीको पोल ढलेर बाटो अवरुद्ध भएकोछ । वर्षाको समयमा हावाहुरीले घरको छान उडाएपछि समस्यामा परेको स्थानीय सुरेश साहले बताए । 
हिजो बेलुका जिल्लाको उत्तरी क्षेत्रमा वर्षा भएपछि कटेको विद्युत सेवा अहिलेसम्म सूचारु नहुँदाजिल्लावासी समस्यामा परेका छन् । देश लोडसेडिङ्ग मुक्त भएको घोषणा गरेपनि सर्लाहीमा हल्का वर्षा हुने वित्तिकै विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । 
 

Posted On Thursday, June 14, 2018 - 03:26

लेखक परिचय

हिमालपारी मिडिया

हिमालपारी मिडिया

प्रतिक्रिया