नक्कली नागरिकता काण्डमा वडा अध्यक्ष पक्राउ 

सिन्धुपाल्चोक । नक्कली नागरिकता काण्डमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ ईचोकका वडा अध्यक्ष खेतनाथ घिमिरेलाई  प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौ बौद्ध प्रहरीको टोलिले अध्यक्ष घिमिरेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकमा जिम्मा लगाइएको  प्रहरी प्रमुख मोहन पोखरेलले बताए।  खुशी तामाङलाई आफ्नो बहिनी भनि नागारिकताको लागि सिफारीस दिई जिल्ला प्रशासन कार्यलयबाट नागारिकता बनाएको अभियोगमा वडा अध्यक्ष घिमिरेलाई पक्राउ गरिएको हो ।  
गत जेठ ११ गते नक्कली प्रमाणको आधारमा खुशी तामाङले नारिकता बनाएको खुलासा भएपछि प्रहरीले वडा अध्यक्षलाई पक्राउ गरेको हो । वडा सचिवको खोजि भइरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
 

Posted On Thursday, June 14, 2018 - 03:29

लेखक परिचय

हिमालपारी मिडिया

हिमालपारी मिडिया

प्रतिक्रिया