अनुगमनमा गएका जनप्रतिनिधिमाथि ठेकेदारले गरे हातपात

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ५ मा अनुगमनमा गएका वडा अध्यक्षलार्ई ठेकेदारले हातपात गरेका छन् । 
अनुगमनका क्रममा कमसल काम गरेको भनेपछि कोठेस्थित एकतर्फी सडकमुनीको पक्की वाल निर्माणको जिम्मा लिएका ठेकेदारले हातपात गरेका हुन् । अरनिको राजमार्गको कोठे नजिकै कालिदहमा निमार्णधिन बाटोमा गुणस्तरहिन काम गरेको पाईएपछि जनप्रतिनिधि अनुगमनमा गएका थिए ।
वडाअध्यक्ष सहितको टोलिले केही दिन उक्त सडकको अनुगमन गरेर काम सच्याउन निर्देशन दिएका थिए । हिजो पुन अनुगमनमा जाँदा  तिलक बस्नेत समुहको ठेकेदार समुहले हातपात गरेको वडा अध्यक्ष विकास श्रेष्ठले रेडियो सिन्धुसँग बताए । 
यसैबीच, अध्यक्ष श्रेष्ठको हातमा चोट लागेको छ भने ठेकेदारलाई प्रहरीले पक्राउ गरी कारवाहिको प्रक्रिया अगाडि बढाएको छ ।

Posted On Thursday, June 14, 2018 - 03:35

लेखक परिचय

हिमालपारी मिडिया

हिमालपारी मिडिया

प्रतिक्रिया